अर्थ

रोल्पा नगरपालिकामा साढे ५५ करोडको बजेट, प्राथमिकतामा सामाजिक विकास

असार ११, २०७५

    रोल्पा : रोल्पा नगरपालिकाले आव २०७५/०७६ को बजेट सार्वजनिक गरेको छ। विभिन्न शीर्षक गरी संघीय सरकारबाट प्राप्त ३८ करोड ७७ लाख ९० हजार र प्रदेश सरकारबाट प्राप्त एक करोड ७७ लाख, आन्तरिक आम्दानीतर्फको दुर्इ करोड, गत वर्षको चार करोड, आन्तरिक ऋण तीन करोड १८ लाख, सामाजिक सुरक्षा कार्यक्रमको पाँच करोड ५० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमबाट १७ लाख २८ हजार गरी यस वर्षको कुल बजेट ५५ करोड ३३ लाख १८ हजार रूपैयाँकाे बजेट नगरपालिकाले प्रस्तुत गरेको छ। प्रस्तुत बजेटमध्ये सबैभन्दा धेरै ४७.५४ प्रतिशत सामाजिक विकासतर्फ नगरकार्यपालिकाले विनियोजन गरेको छ ।

    संघीय सरकारबाट सशर्त प्राप्त अनुदान १९ करोड २८ लाख, संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रकम १० करोड ७४ लाख र राजश्व बाँडफाट रकम अाठ करोड ७५ लाख ९० हजार गरी ३८ करोड ७७ लाख ९० हजार रुपैंया विनियोजन गरिएको छ। आर्थिक विकासमार्फत नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउन कृषि क्षेत्रको ब्यवसायीकरण स्थानीय उद्यमशिलताको प्रर्वद्धन र आयमूलक उद्योगको स्थापना पर्यटन क्षेत्रको पहिचान, विकास र प्रवर्द्धन गर्ने बजेटको उद्देश्य रहनेसमेत बजेट बक्तब्यमा उल्लेख गरिएको छ।

    रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीले रोल्पा नगरपालिकाको नीति तथा कार्यक्रम २०७५ एवम बजेट प्रस्तुत गरेका थिए। वातावरण जीवनको आधार भन्ने तथ्यलाई आत्मसाथ गर्दै यस नगरको बजेटबाट वातावरणमैत्री पूर्वाधार विकास तथा वातावरण अनुकुलन जीवन पद्धतीको विकासका माध्यमद्वारा विपद् न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ।

    आगामी आर्थिक वर्ष २०७५/७६ मा कुल बजेटको चालु तर्फ ३५.६९ प्रतिशत अर्थात १९ करोड ७४ लाख ९७ हजार रुपैयाँ मात्र पुँजीगत तर्फ ६४.३१ प्रतिशत अर्थात ३५ करोड ५८ लाख २१ हजार जम्मा ५५ करोड ३३ लाख १८ हजार रकम विनियोजन गरिएको नगर प्रमुख केसीले बताए। यस रकममा सशर्त अनुदानको रूपमा प्राप्त हुने शिक्षा स्वास्थ्य कृषि पशु सेवातर्फको सबै रकम पुँजीगत खर्च सामाजिक विकास क्षेत्रमा समावेश गरिएको छ।

    कार्यक्रममा प्रमुख अतिथिका रुूपमा रहेका प्रदेश-५ का सांसद दिपेन्द्र कुमार पुनले बजेटको दायरा केही कम भएता पनि नगरपालिकाको समृद्धिका लागि बृहत्तर योजना बनाउन अनुरोध गरे। नगरसभाको अवसरमा नगरपालिकाको लोगो डिजाईन गर्ने चित्रकार रामचन्द्र थापा, नगरपालिकाका उत्कृष्ट कर्मचारीहरू निमबहादुर सिंह, गोकुलप्रसाद श्रेष्ठ, कार्यालय सहायक रुद्रबहादुर रोकाक्षेत्रीलाई नगद, दोसल्लाह र प्रमाणपत्रका साथमा सम्मान गरिएको थियाे। यसैगरी रोल्पा उद्योग वाणिज्य संघलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रदेश-५ का सांसद पुनले उनीहरू सम्मान गरेका हुन्।

    नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सदस्य दिपेन्द्र कुमार पुन, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा, प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी, अन्य अतिथिहरू नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुरेन्द्र घर्ती ध्रुव, नेपाली कांग्रेसका खटकबहादुर खत्री, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसीं बिक, उद्योग वनणिज्य संघ रोल्पाका केशबकुमार आर्चायलगायतले शुभकामना मनतब्य दिएका थिए।

    नगर उपप्रमुख मनकुमारी घर्तीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशाशकीय अधिकृत सावित्रा पुन थापाले गरिन्। कार्यक्रममा नगरकार्यपालिकाका प्रवक्ता मीमबहादुर घर्तीले नगरपालिकाका वडाहरूको बजेट विनियोजन प्रस्ताव प्रस्तुत गरेका थिए। वडा १ देखि १० सम्मका प्रत्येक वडालाई रु ६० लाखका दरले बजेट विनियोजन गरिएको छ भने क्रमगत बजेटसहित वडा ४ लाई रु ८० लाखको बजेट विनियोजन प्रस्ताव पेस गरिएको छ। उद्घाटन कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

    यसैबीच माडीगाउँपालिका रोल्पाको पनि नगरसभा सम्पन्न भएको छ। माडीगाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले २८ करोड ५४ लाख ५७ हजार ६४० रूपैयाँको बजेट पेस गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]