खेलकुद : विश्वकप फुटबल २०१८

पोल्यान्डलाई समूह चरणबाटै घर पठायो कोलम्बियाले

जीतपछि खुसीयाली मनाउँदै कोलम्बियाका खेलाडी। फोटो : www.fifa.com
असार ११, २०७५

    काठमाडौं : कोलम्बियाले रुसमा जारी फिफा विश्वकप २०१८ को समूह एचको खेलमा पोल्यान्डलाई सानदार रुपमा पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोल्यान्ड कोलम्बियासँग ३-० गोल अन्तरले पराजित भएको हो।

    यो हारसँगै पोल्यान्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

    कोलम्बियालाई खेलको ४०औँ मिनेटमा येरी मिनाले अग्रता दिलाएका थिए। पहिलो हाफ एक शून्यको अवस्थामा सकिएको थियो भने दोस्रो हाफमा कोलम्बियाले थप दुई गोल गर्‍यो र आफ्नो नकआउट चरण प्रवेशको सम्भावना खुलै राख्यो। दोस्रो हाफमा कोलम्बियाका राडामेल फल्काओले ७०औँ र ७५ औँ मिनेटमा जुआन चुवाड्राडोले गोल गरेका थिए।

    गोल खाएपछि विक्षिप्त पोल्यान्डका खेलाडी

    अब समूह एचबाट नकआउट चरणमा प्रवेशका लागि कोलम्बिया, सेनेगल र जापानको सम्भावना रहेको छ। यी तीनमध्ये दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् जसको टुंगो समूहका अन्तिम खेलले लगाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]