समाज

गर्मी बढेपछि विद्यालयमा आधा दिन मात्र पढाइ

असार ११, २०७५

    कञ्चनपुर : अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका निजी विद्यालय विद्यालयमा मध्यान्तरपछि बिदा दिन थालिएको छ। निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) कञ्चनपुरले मौसम अनुकूल नहुँदासम्म विद्यालय मध्यान्तर सञ्चालन नगर्ने निर्णय गरेको हो।

    गर्मीका कारण बालबालिकालाई समस्या आउन थालेपछि सोमबारदेखि मध्यान्तरपछिको समयमा बिदा दिने निर्णय गरिएको प्याब्सनका जिल्ला अध्यक्ष वसन्त पाण्डेयले जानकारी दिए।

    अत्यधिक गर्मीले विद्यालयमै विद्यार्थी बेहोस हुने, कक्षा कोठामै सुत्ने थालेपछि मध्याह्नपछि बिदा दिइएको अध्यक्ष पाण्डेयले बताए। गर्मीका कारण सबैभन्दा बढी आधारभूत तहका विद्यार्थी बढी प्रभावित भएका छन्। 

    कञ्चनपुरमा ४२ देखि ४५ डिग्रीसम्म तापक्रममा भएको छ। अत्यधिक गर्मीका कारण दिउँसो हिँड्डुल गर्न समेत समस्या छ। केही सामुदायिक विद्यालयहरुले समेत गर्मीलाई मध्यनजर गर्दै बिदा दिइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]