राजनीति

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

असार ११, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्नेछन्। 

    चीनको ६ दिने भ्रमणबाट फर्किएलगत्तै प्रधानन्त्री ओलीले संसदमा सम्बोधन गनर्न लागेका हुन्। चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

    प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, उर्जा, जलस्रोत लगायत बुँदामा सहमति भएको थियो। यस अघि शनिबार साँझ प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएका थिए। 

    प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ। प्रधानमन्त्री अाेलीले २ बजे सम्बाेधन गर्ने कार्यक्रम रहेकाे अधिकारीले जनाए। राष्ट्रियसभाको बैठक भने बिहीबारका लागि बोलाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]