बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
चितवन : चितवनको नारायणगढमुग्लिन सडकखण्ड अन्तरगत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि सोमबार बिहान १० बजेबाट यातायात सञ्चालनमा आएको छ।
शनिबार राती २ः३५ बजे खसेको पहिरोका कारण प्रभावित भएको यातायात अहिले दुईतर्फी नै सञ्चालनमा आएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिए। उनका अनुसार ईच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा राती २ः३५ बजे पहिरो खसेको थियो। सोही सडकखण्ड अन्तरगत जलविरे र कालिखोलामा समेत थप पहिरो खसेका कारण बाटो खुलाउन समय लागेको हो।
रातीको समयमा पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउन सकिएको थिएन। बिहान पहिरो हटाएर ८ बजे एकतर्फी सडक खुलाईएपछि चार किलोमा थप पहिरो खसेर पुनः सडक अबरुद्ध भएको थियो । अहिले सबै क्षेत्रको पहिरो हटाईसकेकाले दुईतर्फी नै गाडी सञ्चालन भएको आचार्यले जानकारी दिए।
पहिरो हटाएसँगै चितवनबाट काठमाडौ, पोखरा जाने आउने सवारीहरु गन्तव्यतर्फ जान थालेका छन्। गाडीको जाम लामो रहेकाले यातायात सहज हुन अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कुनैपनि बेला पहिरो खस्न सक्ने भन्दै बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ। उक्त सडक चौडापार्ने काम सकिएको भएपनि भित्तो काटिएको स्थानमा पहिरो खस्ने क्रम भने रोकिएको छैन्। पहिरो रोक्ने प्रयास गरिएपनि सफल हुन सकेको छैन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।