खेलकुद

एसियन गेमका लागि राष्ट्रिय फुटबल टिमको घोषणा

असार ११, २०७५

    काठमाडौं : इण्डोनेसियामा आयोजना  हुने १८औँ एसियाली खेलकुदका लागि नेपालले २० सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजी र प्रशिक्षक बालगोपाल महर्जनले २० सदस्यीय यू–२३ राष्ट्रिय टोलीका घोषणा गरे। एसियन गेम्समा ओलम्पिक टोलीले सहभागिता जनाउन पाउनेछ। टोलीमा तीन खेलाडी २३ वर्ष भन्दामाथिका हुनेछन्।

    एसियन गेम्स र साफ च्याम्पियनसिपका लागि एन्फाले ५२ खेलाडीलाई प्रारम्भीक प्रशिक्षणमा बोलाएको थियो। केहि दिनअघि ५२ बाट ३३ सदस्यीय टोली बनाएको थियो भने अब फाइनल टिम घोषणा गरिएको छ। आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा एसियाली खेलकुद आयोजना हुँदै छ।

    यस्तो छ नेपाली टिम

    गोलरक्षकः किरण चेम्जोङ, एलन न्यौपाने र सोजित गुरुङ

    डिफन्डर: अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ,सुमन अर्याल र दिनेश राजवंशी

    मिडफिल्डरः रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, गौरव बुढाथोकी, छिरिङ गुरुङ, अञ्जन विष्ट, अभिशेक रिजाल र तेज तामाङ

    स्ट्राइकरः सुनील वल, भरत खवास, सुमन लामा, बिमल घर्तीमगर

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]