खेलकुद : विश्वकप फुटबल २०१८

समूह विजेताको लडाइँमा उरुग्वे-रसिया

असार ११, २०७५

    विश्वकप फुटबलको समूहचरणको अन्तिम खेलहरू आजबाट हुँदैछन्। जसमा समूह ‘ए’ को अन्तिम चरणको पहिलो खेलमा आयोजक रसियाले दुईपटकको विश्व विजेता उरुग्वेविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ।

    दुवै टिमले सुरुवाती दुई खेलमा जित निकाल्दै नकआउट चरण सुरक्षित गरेकाले समूह विजेताको अभियानमा यी दुईबीचको लडाइँ हुनेछ। उरुग्वे र  रसियाबीचको खेलमा उरुग्वे रसियाभन्दा बलियो टिमका रूपमा लिने गरिन्छ। उरुग्वेले पछिल्ला पाँच खेलमा गोल नखाई निरन्तर जित निकालेकाले पनि स्वाभाविक रूपमा रसियामाथि बलियो चुनौती प्रस्तुत गर्नेछ। तर, रसियाले पनि जारी विश्वकपमा आफ्नो प्रभावशाली प्रदर्शन गरेको छ।

    पहिलो खेलमा साउदीमाथि प्रतियोगिताकै फराकिलो जित निकाल्दा दोस्रो खेलमा नकआउटको दाबेदार मानिएको इजिप्टलाई सहज रूपमा पराजित गरेकाले समूह विजेता बन्नेमा रसिया आशावादी छ। सोभियत युनियन पछिको रासियासँग उरुग्वेले ठूलो प्रतियोगिता नखेलेकाले यि दुईबीच औपचारिक प्रतियोगितामा पहिलो भेट हुँदै छ।

    यी दुईले २०१२ मा मैत्रिपूर्ण खेलमा १-१ गोलको बराबरी खेलेका थिए। त्यसअघि सोभियत युनियनको समयमा उरुग्वेले ७ पटक प्रतिस्‍पर्धा गरे पनि रसियासँग १९७० को विश्वकपमा  एकपटक मात्र जित निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]