समाज : मिडिया

नेजा अधिवेशनको तयारी मिटिङ सियाटलमा सम्पन्न

असार ११, २०७५

    सियाटल: नेपाल सियाटल सोसाइटीलगायत वासिंगटन राज्यमा रहेका नेपाली सङ्घ संस्थाका प्रतिनिधिको उपस्थितमा नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले जुलाई २१ र २२ मा हुने अधिवेशनको तयारी मिटिङ आइतबार सियाटलमा आयोजना गर्‍यो। गोरखा दरबारमा आयोजित कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूले सियाटलमा गर्न लागिएको नेजाको छैटौँ अधिवेशन तथा १२ औँ साधारणसभाको स्वागत गरेका छन्।

    नेपाल सियाटल सोसाइटीका संस्थापक अध्यक्ष एवं वासिंगन स्टेटका आयुक्त मोहन गुरुङ, वाणिज्यदूत एसी शेर्पा, नेपाल सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले अधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा दशरथ बुढाथोकी, बुद्धि कुँवर, पशुपति पाण्डे, पूर्वअध्यक्ष गणेश शिवाकोटी, मनीष ढकाल, हुने गुरुङले कार्यक्रम तयारीका लागि आवश्यक सहयोग गर्ने बताए।

    विभिन्न सहरमा रहेका नेपाली समुदायसँग नेजालाई जोड्दै जाने पूर्वघोषित नीतिअनुसार नेजाले सियाटलमा अधिवेशन गर्न लागेको अधिवेशन तयारी समितिका संयोजक ध्रुव कुँवरले जानकारी गराए। कार्यक्रममा नेजाका महासचिव तोया दाहाल, कोषाध्यक्ष शैलेश पोखरेलले संस्थाले नेपाली समुदायसँग जोडिएर गरिरहेका काम र उद्देश्य प्रस्ट पारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]