समाज : सुरक्षा/अपराध

अवैध यार्सागुम्बासहित तीन जना पक्राउ

असार ११, २०७५

    काठमाडौं : अवैध यार्सागुम्बा ओसारपसार र बिक्री-वितरण गर्ने तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरवारमार्गले विशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार ठमेलबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले एक किलो यार्सागुम्बा बरामद गरेको छ।

    पक्राउ पर्नेमा कालिकोट फुई महादेव गाउँपालिका-७ का राज हमाल, कैलाली टीकापुर नगरपालिका-१ का नरीलाल कोइराला र जुम्ला सिञ्जाका दानबहादुर रोकाय रहेका छन्।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]