राजनीति

असार मसान्तसम्ममा १० हजार कर्मचारी स्थानीय तहमा पठाइने

असार ११, २०७५

    काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आसार मसान्तसम्ममा सबै स्थानीय तहमा कर्मचारी पुग्ने बताएका छन्। देश संघीयतामा गइसकेपछि स्थानीय तहमा कर्मचारी पुग्न नसकेको विषय लामो समयदेखि उठ्दै आएको छ। असार मसान्तसम्ममा १० हजार कर्मचारी स्थानीय तहमा पठाउने पण्डितले बताए।

    विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पण्डितले अब स्थानीय तहले कर्मचारी अभावको समस्या खेप्नु नपर्ने बताए। स्थानीय तहमा प्रमुखहरू पठाउने काम पूरा भएको बताए। अब सहायक स्तरका कर्मचारी पठाएर स्थानीय तहको कार्यसम्पादनलाई सहज बनाउन सरकारले भूमिका खेल्ने उनले बताएका छन्। अहिले स्थानीय तहमा करारमा कर्मचारी भर्ना गर्ने काम बन्द भएको र केन्द्र बाटै स्थायी कर्मचारी पठाइने उनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]