काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली चलचित्र महाजात्रा हेर्न महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीका साथ ...
काठमाडौं : फिल्म 'कायरा'को ट्रेलर रिलिज भएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। पत्रकारहरुलाई ट्रेलर देखाइए पनि टेक्निकल समस्याका कारण फिल्मको ट्रेलर सोमबार मात्र युट्युबमा अपलोड गरिएको छ।
ट्रेलरमा फिल्ममा मुख्य दुई कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फोकस गरिएको छ। म्युजिकल लभ स्टोरी फिल्म कायराको ट्रेलरमा प्रेम, रोमान्स, बिछोडलाई देखाइएको छ।
साउन १८ बाट प्रदर्शनमा आउने फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन्। लक्ष्मणकै लेखन रहेको फिल्ममा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, सुरेश न्याैपाने, मरिषा श्रेष्ठलगायतको अभिनय रहेको छ। लक्ष्मण रिजालको लगानी रहेको फिल्ममा दिनेश थापा र दिवश पराजुली सह-निर्माताका रुपमा रहेका छन्।
आर्यन सिग्देलको प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल, कल्याण सिंह र कोशिस क्षेत्रीको संगीत, प्रविण सिंहको नृत्य निर्देशन रहेको छ। शिवराम श्रेष्ठले खिचेको फिल्मलाई वनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
ट्रेलर :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।