समाज

मुग्लिङ पहिरो : बिहानै रोकिएका सवारी अझै गन्तव्यमा जान पाएनन्

असार ११, २०७५

    चितवन : पटकपटक पहिरो खस्दा सोमबार बिहानैदेखि चितवनको नारायणगढ मुग्लिन सडकखण्ड प्रभावित भएको छ। विहान २:३५ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले १२ बजेभित्र ४ पटक पहिरो खसिसकेको छ। जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन्।

    पहिरो खस्ने, प्रहरीले सडक खोल्ने, अनि फेरि पहिरो खस्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्य बताउँछन्। अहिले ११:३० मा चारकिलो भन्ने स्थानमा फेरि पहिरोसँगै ढुंगा खसेर अवरुद्ध भएको सडक १२ बजे फेरि खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    यसअघि राति खसेको पहिरो बिहान ८ बजे हटाएर एकतर्फी सडक खुलाइएको थियो। लगत्तै पुन पहिरो खसेर अवरुद्ध भएको सडक बिहान १० बजे पहिरो हटाएर यातायात दुईतर्फी नै भएको थियो।

    यातायात सञ्चालन भएको डेढ घण्टा नबित्दै पुन ढुंगा खसेर अवरुद्ध भएको मुग्लिन सडक ढुंगा पन्छाएर १२ बजे पुन सञ्चालन भयो। अब कतिबेला फेरि पहिरो खसेर सडक बन्द हुने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

    चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा, आचार्य अहिलेसम्म ४,५ पटक पहिरो खसीसकेको बताउँछन्। पहिरो हटाएर सडक खुल्ने वित्तीकै पुन पहिरो खस्ने क्रम दोहोरिरहेको उनको भनाइ छ।

    उनका अनुसार ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा राती २ः३५ बजे पहिरो खसेको थियो। सोही सडकखण्ड अन्तरगत पाँचकिलो, जलविरे र कालिखोलामा समेत थप पहिरो खसेको थियो।

    पटकपटक पहिरो खस्ने क्रम नरोकिँदा बिहानदेखि रोकिएका सवारीहरु गन्तव्यमा जान पाएका छैनन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कुनै पनि बेला पहिरो खस्न सक्ने भन्दै बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोधसमेत गरेको छ। उक्त सडक चौडा पार्ने काम सकिएको भए पनि भित्तो काटिएको स्थानमा पहिरो खस्ने क्रम भने रोकिएको छैन। पहिरो रोक्ने प्रयास पनि सफल हुन सकेको छैन।

    नारायणगढ­-मुग्लिन सडकको ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध 

    नारायणगढ­–मुग्लिन सडक खुल्यो 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]