खेलकुद : विश्वकप फुटबल २०१८

के इरानले इतिहास बनाउला?

असार ११, २०७५

    जित्नैपर्नै दबाबमा रहेको इरान दोस्रो चरणको दाबेदार पोर्चुगलविरुद्ध मैदानमा उत्रँदै छ। समूह ‘बी’को नकआउट चरण प्रवेशको निर्णायक खेलमा युरो च्याम्पियन पोर्चुगल र एसियन सहभागी इरान एकअर्काविरुद्ध आज भिड्दै छन्। इरानले मोरक्कोमाथि सनसनीपूर्ण जीत निकालेकाले स्पेनसँगको पराजयका बाबजुद नकआउट सम्भावना कायम छ।

    त्यस्तै, पोर्चुगलले पनि पहिलो खेलमा स्पेनसँग बराबरी तथा दोस्रो खेलमा मोरक्कोलाई हराएकाले अघिल्लो चरण प्रवेशमा पोर्चुगललाई बराबरी नै पर्याप्त हुनेछ तर पराजयले भने पोर्चुगल प्रतियोगिताबाट बाहिरिने सम्भावना बढ्नेछ। त्यसैले पोर्चुगल महत्त्वपूर्ण खेलमा इरानविरुद्ध संयमित हुनेछ।

    सुरुवाती दुई खेलमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले सनसनीपूर्ण प्रदर्शन गरे। स्पेनविरुद्ध ह्याट्रिक तथा मोरक्कोविरुद्ध निर्णायक गोल गरेपछि पोर्चुगल प्रि–क्वार्टरफाइनल नजिक पुगेको छ। रोनाल्डोबाहेक अन्यको प्रदर्शन औसत भएकाले इरानविरुद्ध पनि रोनाल्डो नै हावी हुने सम्भावना छ। तर इरानले रोनाल्डोलाई रोक्दै जीत निकाल्नका लागि पर्याप्त प्रयास गर्नेछ। यसले गर्दा पोर्चुगललाई सहज नहुने सम्भावना पनि उत्तिकै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]