अर्थ

ओखलढुंगाका स्थानीय तहको बजेटमा कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकता

असार ११, २०७५

    ओखलढुंगा : जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट आइतबार प्रस्तुत गरेका छन्। यहाँका स्थानीय तह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेका छन्। 

    जिल्लाको एक मात्र नगरपालिका रहेको सिद्धिचरण नगरपालिकाले आव २०७५/०७६ का लागि नगरपालीकाले नगर बिकास र समृद्धिका लागि ४३ करोड ५ लाख ६० हजार ५०० रुपैयाँ प्रस्तुत गरेको छ। दोस्रो नगरसभाबाट पारित बजेटमध्ये केन्द्र सरकारबाट बित्तीय समानीकरणमा १७ करोड ११ लाख ३५ हजार तथा सशर्त अनुदानतर्फ २३ करोड ३३ लाख ८४ हजार रुपैयाँ प्राप्त हुन आएको छ। त्यस्तै गरी प्रदेश सरकारबाट २३ लाख रुपैयाँ प्राप्त हुन आएको छ भने सिद्धिचरण नगरपालिकाको आन्तरिक आयबाट आब २०७५/०७६ मा २ करोड ३७ लाख ४१ हजार ५०० प्राप्त हुने अपेक्षासहित बजेट बिनियोजन गरिएको छ।

    नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक इच्छकुमारी गुरूङले प्रस्तुत गर्नु भएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको र बजेटको मुख्य उद्देश्य ‘सुन्दर ओखलढुंगा, समृद्ध ओखलढुंगा' खुशी ओखलढुंगाबासी’ रहेको छ।

    नगरपालिकाकोे नीति तथा कार्यक्रम पारित भएसँगै यो आकारको बजेट प्रस्तुत भएको हो। पर्यटन, कृषि, उद्योग, व्यापार-व्यवसायलाई सिद्धिचरणको समृद्धिको आधारका रुपमा लिँदै नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। जिल्लाको चिसंखुगढी गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ को बजेट २६ करोड २१ लाख २१ हजार प्रस्तुत गरेको छ।

    दोस्रो गाउँसभाबाट पारित बजेटमध्ये चालुतर्फ ५ करोड ८ लाख ७० हजार र पुँजीगततर्फ ७ करोड ४३ लाख २१ हजार विनियोजन भएको छ। नेपाल सरकारबाट प्राप्त १३ करोड ७६ लाख सशर्त बजेट गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। वडा संचालनका लागि ८ लाख ६५ हजारका दरले वडा वडालाई बजेट दिइएको छ। 

    प्रदेश सरकारले दिएको सिंचाइका ठूला आयोजनाको बजेट समेतलाई आधार मान्दा मुख्य प्राथमिकता कृषि क्षेत्रलाई दिइएको छ। त्यस्तै पूर्वाधार तथा ग्रामीण विद्युतीकरण, स्वास्थ्य र शिक्षालाई बजेटमा प्रथामिकता दिइएको छ। जनता स्वास्थ्य कार्यक्रमअन्तर्गगत उपचारमा सहयोग, प्रत्येक वडामा प्रसुती गृह निर्माण तथा संचलान गर्न गाउँपालिकाले प्राथमिकतामा राखेको छ।

    सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षणबाट पारदर्शीता र जवाफदेहिताको अभ्यास गर्ने, संचार क्षेत्रको क्षमता विकास तथा गाउँपालिका केन्द्रमा सञ्चारको पहुँच विस्तार गर्ने योजना प्रथामिकतामा छन्। खिजी देम्वा गाउँपालिकाको कुल बजेट २५ करोड ७५ लाख ३९ हजार मध्ये स्वास्थ्य, शिक्षा, कृषि र सडक सडकलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाको भनाई छ। 

    सुनकोसी गाउँपालिकाले पनि गाउँपालिकामा रहेको केन्द्रीय सरकार तथा प्रदेश सरकारको अनुदान र आफ्नो आन्तरिक स्रोतबाट जम्मा भएको २८ करोड ५५ लाख ४० हजार रुपैयाँ बजेट मध्ये कृषि पर्यटन, सडक, स्वास्थ्य र शिक्षा र क्षेत्रलाई जोड दिएको गाउँपालिकाले जनाएकाे छ। सदरमुकाम भन्दा टाढाका अन्य गाउँपालिकाहरूले आइतबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरे पनि संचार असुविधाका कारण कुन शीर्षकमा कति बजेट भन्ने प्रष्ट नभए पनि बजेटमा कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिइएको बताइएको छ।


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]