समाज

ट्रयाक्टरको ठक्करबाट मृत्यु

असार ११, २०७५

    पर्वत : बागलुङको बडीगाड गाउँपालिका ६ छिसफाँटमा सोमबार दिउँसो ट्रयाक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। बडीगाड खोलाबाट एक सामुदायिक भवनको लागि गिट्टी बालुवा लिएर वडा नं ७ गैरागाउँ जाँदै गरेको लु ३ च ६७ ७५ को ट्याक्टरले मकै खेतमा काम गरिरहेका छिसफाँटकै अन्दाजी ५२ वर्षका मकरबहादुर केसीलाई ठक्कर दिँदा केसीको घटनास्थलमै मृत्यु भएको हो। 

    घटनापश्चात ट्रयाक्टर चालक करिब २२ वर्षको सुवास भनेर चिनिने मैते कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घट्नापछि आक्रोशित स्थानीयहरुले ट्रयाक्टरमा तोडफोड गरेका छन। मृतकको शवलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]