मनोरञ्जन

'चि मुसी चि'को अडियो जुकबक्स सार्वजनिक

असार ११, २०७५

    काठमाडौं : साउन ११ गते रिलिज हुने नेपाली चलचित्र 'चि मुसी चि'को अडियो जुकबक्स सार्वजनिक भएको छ। फिल्ममा समावेश पाँचवटा गीतको अडियो युट्युबमार्फत रिलिज गरिएको हो। 'आउ आज', 'चि मुसी चि', 'सानो सानो कुरा', 'तिमिले माग्छौ भने' र 'हाँस्दा हाँस्दै' बोलका गीत फिल्ममा समावेश गरिएको छ।

    'चि मुसी चि' गीतमा सन्तोष पोखरेलका शब्द तथा करणराज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ। 'सानो सानो कुरा' गीतमा सुरज अधिकारीको शब्द-संगीत तथा ताराप्रकाश लिम्बूको स्वर छ। 'तिमीले माग्छौ भने' बोलको गीतमा सुरज अधिकारीकै शब्द-संगीत छ भने अञ्जु पन्त र युवराज चौलागाईंको स्वर रहेको छ।

    त्यस्तै, 'आउ आज' गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् भने 'हाँस्दा हाँस्दै' गीतमा रेगन क्षत्रीको शब्द-संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ। यीमध्ये 'चि मुसी चि' र 'तिमीले माग्छौ भने' बोलका गीतको भिडियो यसअघि नै सार्वजनिक भइसकेका छन्।

    म्युजिकल थ्रीलर जनरामा निर्मित फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन्। अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की हुन्। अनिल पाण्डे र प्रिन्स युवराज कार्की फिल्मका प्रस्तुतकर्ता हुन्।

    फिल्ममा सुनिल क्षत्री, अलिशा शर्मा, सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतको पनि अभिनय छ। वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्।

    सुन्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]