मनोरञ्जन

सलोनको 'बाबु कान्छा' ट्रेलर रिलिज

असार ११, २०७५

    काठमाडौं : सलोन बस्नेत स्टारर फिल्म 'बाबु कान्छा'को ट्रेलर रिलिज गरिएको छ। सार्वजनिक ट्रेलरमा १७ वर्ष पहिले सलोन अभिनित फिल्म नेपाली बाबुको सिनलाई पनि देखाइएको छ।  सलोन बस्नेत हाबी बनेको ट्रेलरमा प्रेम, रोमान्स, कमेडी र एक्सनलाई जोडिएको छ।

    शोभित बस्नेत निर्देशित फिल्ममा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कंडेललगायतको अभिनय रहेको छ। यसै फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले पनि डेव्यू गर्दैछिन्।

    संचारकर्मीसमेत रहेका रवी अधिकारी कार्यकारी निर्माता रहेको 'बाबु कान्छा'मा सोभित बस्नेतकै लगानी रहेको छ। फिल्ममा सन्तोष राजभण्डारी र सुरज घिमिरे सह-निर्माताको रूपमा रहेका छन्। टंक बुढाथोकी संगीत रहेको फिल्ममा रामजी लामिछाने र दीपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी,अष्ट महर्जनको एक्सन रहेको छ। बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठले खिचेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गरेका हुन्।

    हेर्नुहोस् ट्रेलर :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]