काठमाडौं : विश्वकप २०१८को समूह ए को अन्तिम खेलमा इजिप्ट र साउदी अरब समान हैसियतका साथ मैदानमा उत्रिएका थिए। उनीहरू दुवै दुई खेलमा जीत विहीन थिए। र, तेस्रो खेल जित्दा अगाडी बढ्ने बाटो थिएन। किनकी समूह ए बाट यसअघि नै उरुग्वे र आयोजक रुस नकआउट चरणका लागि छनोट भइसकेका थिए। तर, अन्तिम खेलमा दुवै टिमले प्रतिष्ठा जोगाउनु थियो।
जसमा एसियाली टोली साउदी अरेबियाले इजिप्टलाई स्तब्ध बनायो। २२औँ मिनेटमा मोहम्मद सलाहको गोलको मद्दतले अग्रता कायम गरेको थियो इजिप्टले। त्यसलाई पहिलो हाफमै साउदीले पहिलो हाफको इन्जुरी समयको छैठौँ मिनेटमा पेनाल्टीमार्फत सलमान अलदवसारीले गोल गरे। सलमानले नै खेलको अन्तिममा साउदीलाई विजयी गोल दिलाए। उनले निर्धारित समय सकिएपछि थपिएको समयको पाँचौ मिनेटमा गोल गरेर विजयी गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच भने इजिप्टका मोहम्मद सलाह बने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।