खेलकुद : विश्वकप फुटबल २०१८

मोरक्कोसँग बराबरीका बाबजुद स्पेन बन्यो समूह चरणको शिर्ष टिम

असार १२, २०७५

    काठमाडौं : विश्वकप २०१८ को समूह बी मा रहेको स्पेन शिर्ष स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको छ। समूहचरणको अन्तिम खेलमा मोरक्कोसँग २-२ को बराबरी खेल्दै स्पेन अघिल्लो चरण प्रवेश गरेको हो।

    स्पेन दुई पटक पछाडि परेको थियो। दुई पटक पछि परेको अवस्थाबाट कमब्याक गर्दै उसले बराबरी खेलेको हो।

    मोरक्कोका लागि खेलको १४ औँ मिनेटमा खालिद बाउतिवले अग्रता दिलाए। जसको जवाफमा त्यसको पाँचौ मिनेटमा अर्थात् १९औँ मिनेटमा स्पेनका इस्कोले बराबरी गोल फर्काए। पहिलो हाफ बराबरीमा सकिएको खेलको ८१ औँ मिनेटमा मोरक्कोका युसेफ अल नेसरीले गोल गरे। जसको बराबरीमा स्पेनका आएगो असपासले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए।

    खेलको म्यान अफ द म्याच इस्को भए।

    समूह चरणमा पाँच अंक जोडेको स्पेन गोलका आधारमा समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो।

    ​​

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]