छापा

झुक्याइयाे भूकम्प प्रभावितलाई

असार १२, २०७५

    काठमाडौं : आवास निर्माणका लागि सरकारले दिने भनेको तीन लाख रुपैयाँसम्मको निब्र्याजजी ऋण भूकम्पप्रभावितले नपाउने भएका छन्। ऋण दिने विधि प्रक्रिया र सुरक्षाका उपाय सम्बन्धमा अर्थ मन्त्रालय, पुनर्निर्माण प्राधिकरण, राष्ट्र बैक र बैंकहरूबीच कुरा नमिलेपछि पीडितले निर्ब्याजी रकम नपाउने भएको कान्तिपुर दैनिकले लेखेको छ।

    सरकारको निर्देशनमा राष्ट्र बैंकले गत कात्तिकमा निब्र्याजी ऋणसम्बन्धी कार्यविधि जारी गरेको थियो। व्यावहरिक जटिलताहरू रहेको भन्दै बैंकहरूले कार्यविधिमा असन्तुष्टि जनाउँदै आएका छन्। यसकारण भूकमपको तीन वर्षसम्म पीडितले यस्तो ऋण नपाएका हुन्।

    यस्तै शेरबहादुर देउवा नेतृत्वको सरकारले जाँदाजाँदै भूकम्पप्रभावितलाई थप एक लाख रुपैयाँ दिने भनेर गरेको निर्णय पनि कार्यान्वयन हुन सकेको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]