समाज

गर्मी  बढेपछि भीमदत्त नगरपालिका शिक्षण संस्थामा चार दिन विदा

असार १२, २०७५

    कञ्चनपुर :अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका शिक्षण संस्थाहरुमा चार दिन गर्मी विदा दिइएको छ। भीमदत्त नगरपालिकामा सोमबार बसेको शिक्षक संगठन सहितको बैठकले मंगलबारदेखि शुक्रबारसम्म विदा दिइने निर्णय गरिएको हो। 

    अत्यधिक गर्मीले बालबालिकालाई पठनपाठनमा समस्या देखिएकाले विदा दिने निर्णय गरिएको भीमदत्त नगरपालिका आधारभूत तथा माध्यमिक शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्नाले बताईन।

    विद्यालयमा अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या उत्पन्न भएको छ, त्यसैका आधारमा शिक्षक संगठनका सहितको छलफलपछि विदा दिने निर्णय गरिएको हो शिक्षा शाखा प्रमुख ठगुन्नाले भनिन्।

    भीमदत्तको यो निर्णयपछि शुक्रबारसम्म नगर क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन बन्द हुने भएको छ। अहिले विदालाई पछि लामो विदाबाट कटौती हुने गरी निर्णय गरिएको हो।  भीमदत्त नगरपालिकाका कार्य बाहक नगर उप प्रमुख सुशिला चन्द सिहको अध्यक्षतामा बैठक बसेको थियो। भीमदत्त नगरपालिकामा सामुदायिक र संस्थागत गरी झण्डै एक सय विद्यालय छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]