समाज

कालिकोट दुर्गम पलातामा बिजुली बत्ती

असार १२, २०७५

    कालिकोट : कालिकोटको दुर्गम पलाता गाउँपालिका–७ स्थित भुच्चीखोला लघुजलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ। ४० किलोवाटको लघुजलविद्युत आयोजनाले २८० सय घरधुरीमा बजुली बत्ती बालिएको हो।

    दुई करोड नौ लाख रुपैयाँको लागतमा निर्माण भएको आयोजनाको साबिकको थिर्पु गाविसको ३६ लाख, वैकल्पिक ऊर्जाबाट प्राप्त ९० लाख र पलाता गाउँपालिकाले ३६ लाख गरी एक करोड ६२ लाख रुपैयाँ लागतमा अायोजना सम्पन्न भएको हो।

    विभिन्न निकायबाट प्राप्त रकम र करिब ५० लाख रुपैयाँ बराबर स्थानीयले श्रमदानबाट अायोजना सम्पन्न भएको आयोजनाका सचिव जनराज बमले बताए। ‘आयोजना निर्माणका लागि सबै लागत अन्य विभिन्न निकायबाट प्राप्त भएको थियो,’ उनले भने, ‘५० लाख रुपैयाँ स्थानीयको श्रमदानबाट प्राप्त भएको हो।’ दुई वर्षदेखि निर्माण कार्यको थालनी भएको भुच्चीखोला जलविद्युत आयोजना निर्माण कार्य पूरा भई गाउँमा बत्ती बाल्न थालिएको आयोजना उपभोक्ता समितिका सचिव बमल बताए। 

    जिल्लामा जलविद्युतका ठूला आयोजना नभएको र विद्युतको केन्द्रीय प्रसारण लाइन पनि नभएकाले अहिले साना लघुजलविद्युत आयोजना प्राथमिकतामा रहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘जिल्लाका ठूला आयोजना पनि छैनन्,’ उनले भने, ‘लघुजलविद्युत आयोजना बनाएर नै गाउँ उज्यालो पार्नुपर्ने भएको छ।’

    पलाता गाउँपालिकामा औलाखोला खिन, दुर्शी खोला, दाम्रीगाड थिर्पु, र दाम्रीगाड खोला बेर्सेनकोट लघुजलविद्युुत आयोजनाका निर्माण भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]