समाज : सुरक्षा/अपराध

बिर्तामोडको होटलमा प्रहरीको छापा : छ महिलासहित नौ पक्राउ

असार १२, २०७५

    भद्रपुर (झापा) : बिर्तामोडका होटल तथा लजहरुमा यौनधन्दा फस्टाएको भन्दै झापा प्रहरीले त्यसता अनैतिक क्रियाकलाप रोकथामका लागि विशेष अभियान सुरु गरेको छ। 

    होटल तथा लजहरुका सञ्चालकहरुले युवती तथा महिला राखेर यौनधन्दा चलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले सोमबार बेलुका दुई वटा होटलमा छापा मारेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–१ स्थित युनिक होटल एण्ड लज र सोही ठाँउका भ्यू प्वइन्ट होटल एण्ड लजमा छापा मारेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

    उनका अनुसार दुई वटा होटलबाट छ महिलासहित नौ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न गराएको आरोपमा युनिक होटल एण्ड लज सञ्चालक कुमार पोर्तेललाई  नियन्त्रणमा लिएको हो। उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]