विश्व

इरानमा मूल्यवृद्धिको विरोधमा विशाल प्रदर्शन

असार १२, २०७५

    इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा प्रदर्शन भएको छ।

    राजधानी तेहेरानमा पसलहरु बन्द गरिएका छन् भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन्। सन् २०१२ यताको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताइएको छ।

    संसद् भवन अगाडि बढिरहेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। आणविक कार्यक्रमलाई लिएर अन्तर्रा्ष्ट्रिय समुदायले लगाएको प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था प्रभावित भएको छ।

    सन् २०१६ मा अन्तर्रा्ष्ट्रिय समुदायसँग भएको सम्झौतापछि आर्थिक प्रतिबन्ध खुकुलो पारिए पनि गत मे मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट अलग्गिएको घोषणा गर्दै प्रतिबन्ध कायमै राखेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]