समाज

कुकुरलाई घरमै शौच गराउन महानगरपालिकाको अाग्रह

असार १२, २०७५

    काठमाडौं : काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ। कामपा सहरी जनस्वास्थ्य महाशाखाले घरपालुवा कुकुरलाई घरको निश्चित ठाउँमा दिसा गराउन अनुरोध गरेको हो।

    कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलिफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने बताए। कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्ने उनले बताए। 

    एउटा कुकुरको दिसामात्र जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिने बताइन्छ। यस्तो खतरा रोक्न घरपालुवा कुकुरलाई घरमै शौच गराउन कामपाले अनुरोध गरेको छ। निर्देशन पालना नगरेमा कडा कारबाही गर्ने पनि महाशाखाले जनाएको छ । 

    यसैगरी, घरपालुवा कुकुरको तुलनामा कम संख्यामा रहेको सामुदायिक कुकुर व्यवस्थापन गर्न पनि विशेष अभियान थाल्ने पनि श्रेष्ठले बताए। महानगरपालिकामा हाल ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]