राजनीति

लागू औषधका कारण हुने अपराध नियन्त्रणमा गृहमन्त्रीको आह्वान

असार १२, २०७५

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले लागू औषधसम्बन्धी अपराधलाई नियन्त्रण गर्न सहयोग गर्न सबैलाई आह्वान गरेका छन्। गृहमन्त्री थापाले लागू औषधको दुरुपयोग रोक्न सरकारले सम्बन्धित विभिन्न निकाय तथा संघ÷संस्थाहरुको समन्वयमा प्रयास गरिरहेको पनि स्पस्ट पारे। उनले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत् लागू औषध दुरुपयोग नियन्त्रण गर्न लागि परेको दावी समेत गरे।

    लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले देशको भविष्यको कर्णाधार मानिएका किशोरकिशोरी तथा युवायुवतीहरुमा देखिने लागू औषधको दुव्र्यसनीलाई सरकारले गम्भिर समस्याको रुपमा लिएको पनि बताए। उनले सवल, सक्षम र स्वस्थ जनशक्तिको माध्यामबाट मुलुकलाई समुन्नत बनाउने अभियानमा लागू औषध बाधकको रुपमा रहेको भन्दै त्यसलाई निष्तेज पार्न सबै पक्ष एकजुट भएर अघि बढनुको विकल्प नरहेको पनि बताए। गृहमन्त्री थापाले लागू औषधको विश्वव्यापी समस्याबाट नेपाल पनि अछुतो नरहेको भन्दै चिन्ता पनि व्यक्त गरे।

    गृहमन्त्री थापाले लागू औषधको उत्पादन, संचय, ओसारपसार, विक्री वितरण र सेवनजस्ता अपराधलाई नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई आवश्यक्ता अनुसार परिचालन गरिरहेको पनि स्मरण गराए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]