समाज

सुन्दर सहर अभियानमा पूर्वउपप्राध्यापक बराल

असार १२, २०७५

    धनकुटा  : यतिवेला धनकुटा बहुमुखी क्याम्पसका सेवा निवृत्त उपप्राध्यापक ठाकुरप्रसाद बराल सानो कामले पनि ठूलो महत्व राख्दछ भन्ने उदाहरण बनेका छन् । उनको कामले काम गर्नलाई कुनै खास पदमा वसिरहनु पनि पर्दैन रहेछ भन्ने प्रमाणितसमेत गरेको छ।

    उपप्राध्यापक बरालले धनकुटालाई सुन्दर बनाउँ भन्ने एकल कार्यक्रम राखेर विगत २ वर्षदेखि धनकुटाको सल्लेरीदेखि कचिंडेसम्मको सडक एक्लैले सफा गर्दै आएका छन्। जेठ महिनादेखि नै आँखा अस्पतालदेखि कचिंडे चोकसम्मको सडकको एक किनारमा झार वुट्टा आफैँ फाँडी सफा पारी विभिन्न प्रजातिका फूलका ७० भन्दा वढी विरुवा रोपी पानी हाल्ने र गोड्नेजस्ता संरक्षणका काम समेत गरेका छन्।

    रोपिएका फूलहरुमा चाँप, राजवृक्ष, इन्द्र कमल, कल्की, पारिजात, गुलमोहर, जकाराण्डा, कमिनी, चुवा, फूल अशोक, सीता अशोक, रातकी रानी आदि रहेको बरालले बताए।

    धनकुटा नगरपालिका-६ का वडाध्यक्ष नरेश श्रेष्ठले कुनै संघ संस्थाको सहयोगविना एकल अभियानका रुपमा थालिएको यस्तो कार्य उदाहरणीय भएको र यसबाट सबैले सिक्नुपर्ने बताए। निवृत्त उपप्राध्यापक बराल धनकुटा क्याम्पसमा कार्यरत रहँदा उनको अगुवाईमा क्याम्पस परिसरमा रोपिएका रुद्राक्ष, अम्लिसो, आँप, अमला, एभोकार्डो जातका वोट विरुवाहरु र गुलाफको फूलवारीले अहिले धनकुटा बहुमुखी क्याम्पसका लागि ठूलो आयको स्रोत र क्याम्पस सौन्दर्यको खानी बन्न सहयोग गरेको छ।

    उक्त कार्यमा तत्कालीन क्याम्पस प्रमुखहरु तथा सहायक क्याम्पस प्रमुखहरु केशब पहाडी, राजेशकुमार यादब, गोपालबहादुर भट्राई, उपप्राध्यापक टीका लिंखा र सहयोगीहरु कैलाश राया र केही अन्य भाइ बहिनीहरुको महत्वपूर्ण सहयोग रहेको बराल बताउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]