समाज : सुरक्षा/अपराध

लाइसेन्सप्राप्त हतियार देखाएर धम्की दिने सिंहको हतियार जफत

असार १२, २०७५

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुर र काठमाडौंबाट अनुमति लिएका विभिन्न हातहतियार देखाएर ठेक्का कब्‍जा गर्ने, सवारीसाधनामा हतियार राखेर मानिसलाई त्रास देखाउने मिटरब्‍याजमा पैसा लगाउने लगायतका गैरकानुनी क्रियाकलाप गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर १३ भनिमण्‍डलका महेशबहादुर सिंहसँग रहेका हतियार जफत गरेको छ।

    महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीका अनुसार सिंहसँग राखेका १२ बोर सटगन, १२ बोरको राइफल, २२ बोरको राइफल २ थान, १२ बोरको अर्को सटगन र १ सय ३६ राउण्ड गोली नियन्त्रणमा लिइएको हो।

    उप्रेतीका अनुसार महेशबहादुर सिंहविरुद्ध यसअघि पनि ठगी, अपहरण, शरीर बन्धक, वन्यजन्तुसम्बन्धी अपराधमा मुद्दा चलिसकेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]