काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सहकारीसम्बन्धी छानबिन गर्न समिति बनाउनु पर्ने बताएका छन्। आज बिहान फ...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नयाँ राजा’ को संज्ञा दिएको छ। काँग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ओली ‘नयाँ राजाको अवतार’ को रुपमा देखिएको दावी गरे।
उनले मन्त्रीहरुले कानुन मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए। गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानुन मन्त्री शेरबहादुर तामाङले कानुन मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै उनीहरुलाई नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा खर्च कटौतिको प्रस्ताव पेश गर्दै नेता रिजालले गृहमन्त्री थापाले कानुन मिचेर ठेकेदारहरुलाई कार्वाही गर्ने गरेको भन्दै आपत्ति जनाए। उहाँले मूल्य वृद्धिको विरोध गरेका आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले दमन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।