समाज

सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध

असार १२, २०७५

    संखुवासभा : संखुवासभा सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले सार्वजनिक स्थानमा क्यारेम र लुँडो खेल्न प्रतिबन्ध लगाएका छन्। खाँदबारी नगरपालिकाको एक कार्यक्रमका बोल्दै उनले यस्तो कदम चाल्ने बताएका हुन्।

    जिल्लाका विगत लामो समयदेखि सार्वजनिक स्थानका चोक–चोकमा लुँडो तथा क्यारेम खेलमा प्रहरी प्रशासनकै अगाडि ५०० देखि १० हजार रुपैयाँसम्म बाजी खेल्लासमेत सरोकारवाला मौन रहँदै आएका थिए। नगर प्रमुख खतिवडाले सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध लगाएकोमा  स्थानीयले खुसी व्यक्त गरेका छन्।

    मेयर खतिवडाले आफ्नो काममा सबैको सहयोग चाहिने र युवावर्गले साथ दिएमा यो योजना सफल हुने पनि बताए। क्यारेम र लुँडो खेल्दा सामान्य ढंगको मात्र नभई जुवा र तासमा जस्तो डिपो वा बाजी राख्दा यो खेलमा विकृति आएको उनको भनाइ छ।

    बजारका पसलका अगाडि वा  सार्वजनिक स्थानमा बाजी राखेर क्यारेम, लुडो खेल्दा युवाहरूको भविष्य अन्धाकार हुने भएकोले अब सार्वजनिक स्थानमा क्यारेम खेल्न र लुँडो खेल्न नदिने नगर प्रमुख खतिवडाले स्पष्ट पारे। युवा भोलिका दिनमा देशको लागि अत्यन्तै महत्त्वपूर्ण भएको हुनाले यस्तो खालका खेलहरूमा नअल्मलिन उनले युवाहरूलार्इ सुझाव दिए।

    नगर प्रमुख खतिवडाले क्यारेम र लुँडोलार्इ प्रतिबन्ध लगाउने योजना बनाइरहेका बेला बजार क्षेत्रका कतिपय होटलहरूमा दिउँसो तथा रातको समयमा अवैध ढंगबाट जुवा, तास खेल भइरहेको प्रति सरोकारवालाको ध्यान नगएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]