अर्थ

चिनियाँ लगानी भित्र्याउन 'हङकङ/नेपाल व्यापार लिमिटेड' स्थापना

असार १२, २०७५

    काठमाडौं : नेपाली उत्पादन चीन र चीनका उत्पादन नेपालमा ल्याउने उद्देश्यसाथ हङकङ नेपाली व्यापार संघ लिमिटेडले गोन्जाहुमा कार्यालय स्थापना गरेको छ। चीनको गोन्जाहु सहरमा व्यापार प्रवर्द्धन गर्न चीनले सम्बन्धित मुलुकका व्यापारिक संघ र संगठनलाई मासिक एक डलर भाडामा कार्यालय स्थापनका लागि एउटा फ्ल्याट दिने गरेअनुसार नेपाललाई पनि यस वर्ष उपलब्ध गराएको हो।

    चिनियाँ लगानी नेपाल भित्र्याउने र नेपालको उत्पादन चीनको बजारमा पुर्‍याउनको लागि कार्यलय स्थापना गरिएको गैरआवासीय नेपाल संघ हङकङकी अध्यक्ष टीका गुरुङले बताइन्।

    चीनले दक्षिण एसीया र अन्य मुलुकसँग कनेक्टिभिटी गर्दै व्यापार प्रवर्द्धनका लागि लिएको नीति ‘वान बेल्ट वान रोड’अन्तर्गत नेपालको प्रतिनिधित्व पनि भएको छ।

    ओबीओर युरेसीया सेन्टरका अध्यक्ष होमर यु एमएचले नेपालसँगको व्यापारिक सम्बन्ध अझ बलियो बनाउँदै लगानीका लागि इच्छुक रहेको बताए। उनले नेपाली उत्पादन चिनियाँ बजारमा सोचेभन्दा राम्रोसँग प्रवर्द्धनमा कार्यालयले मद्दत हुने बताए।

    चिनियाँ कम्पनी लेमाई ग्रुपका अध्यक्ष ग्योकिरेनले व्यापार संघले थालेको वित्तिय यात्राले नेपाललाई सहयोग र चीनलाई लगानीको ठाउँ मिल्ने बताए। नेपाले चीनबाट व्यापारिक साझेदारी गर्ने सम्झौता गरेर प्रधानमन्त्री केपी शर्मा ओली फर्किनासाथ गुन्जाहोबाट चिनियाँ निजी र सरकारी लगानीकर्ता नेपाली व्यापारिक निकायसँग साझेदारीका लागि उत्सुक देखिएका हुन्।

    व्यापार संघका अध्यक्ष प्रकाश पुनःले नेपालमा छाला जुत्तालगायतका उद्योग स्थापनामात्र नभएर चिनियाँ लगानीको सुरुआत भएको बताए। कार्यालय स्थापनासँगै नेपाल सरकारको उद्योग मन्त्रालयले तयार पारेको विशेष आर्थिक क्षेत्र (स्पेसियल इकोनोमिक जोन)का लागि लागनीको बटो पनि खुलेको छ।

    चिनियाँ लगानीकर्ता नेपाल सरकारले तय गरेको आर्थिक क्षेत्रमा लागनी बढाउन इच्छुक देखिएका हुन्। यी क्षेत्रमा संघले चीनका सोलार प्यानेल, भवन निर्माणका पदार्थ उत्पादन, गार्मेन्टस् र छाला जुत्ता तथा चप्पलका कारखानाका लागि लगानी भित्राउने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]