समाज

एसइई नतिजा सार्वजनिक गर्दा गल्ती भएकै हो : राष्ट्रिय परीक्षा बोर्ड

असार १२, २०७५

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक कमजोरीका कारण माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा त्रुटि हुन गएको स्पष्ट पारेको छ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणी पौडेलले प्राविधिक कमजोरीका कारण एसइईको नतिजामा त्रुटि हुन गएको स्पष्टिकरण दिएको हो। एसइईको नतिजाको ग्रेडिङ २४ घण्टा नबित्दै परिवर्तन भएको विषयलाई लिएर आलोचना भइरहेका बेला बोर्डले प्राविधिक त्रुटिका कारण एसइईको नतिजा सच्याउनु परेको जनाएको हो।

    बोर्डले एसइईको ग्रेडिङ फेरबदल गरेपछि सरकारले त्यसको सत्यतथ्य छानबिन गर्न समिति नै गठन गरेको छ। शनिबार प्रकाशित नतिजालाई लिएर व्यापक आलोचना भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष पौडेलले घटनाबारे यथार्थ जानकारी गराउन आफूहरूको माग अनुसार नै छानबिन समिति गठन गरिएको दाबी समेत गरेका थिए। उनले समितिलाई छानबिनका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

    छानबिन समितिलाई एसइईको नतिजा सार्वजनिक गर्दा भएको प्राविधिक त्रुटिबारे छानबिन गरी आगामी दिनमा त्यस्ता गल्ती हुन नदिन आवश्यक सुझाव दिन कार्यादेश दिइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]