काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
भक्तपुर : साना सिँचाइ परियोजना अवलोकन गर्न विदेशी पत्रकार र इन्जिनियरको टोली भक्तपुर आएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भक्तपुरमा सञ्चालित साना सिँचाइ परियोजनाको अवलोकन गर्न पाकिस्तान र अफगानिस्तानका पत्रकार र इन्जिनियरको १५ सदस्य टोली भक्तपुर आएका हुन्।
टोलीले इन्टरनेशनल वाटर मेनेजमेन्ट इन्टिच्यूटको समन्वयमा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ र ९ मा सञ्चालित साना सिँचाइ आयोजनाको अवलोकन गरेका थिए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुरका आलुजोन कार्यालय प्रमुख किशोर पराजुलीले नेपालको पहाडी भेगतिर कृषिमा कसरी सिँचाइ गरिरहेका छन् भन्ने विषयको अध्ययन अवलोकन गर्न विदेशी टोली भक्तपुर आएको जानकारी दिए। उनले भने, ‘नेपाल जस्तो सानो मुलुकमा साना सिँचाइले पनि ठूलो महत्त्व राख्ने हुँदा यस्ता आयोजनाहरू कसरी सञ्चालित भइरहेका छन्, भनी अवलोकनका लागि टोली आएको हो।’
आलुजोनले चाँगुनारायण नपामा यस वर्ष सातवटा र गतवर्ष ११ वटा साना सिँचाइ योजना सञ्चालन गरेको छ। विषेशगरी कसरी आलुको उत्पादनमा वृद्धि गर्न सकिन्छ, साथै यस क्षेत्रमा कृषकलाई कसरी संलग्न गराउँदै लैजान सकिन्छ भनी आयोजनाले साना सिँचाइमा काम गरिरहेको प्रमुख पराजुलीले जानकारी दिए।
साना सिँचाइको मद्दतबाट भक्तपुरका पहाडी भेगका किसानले सहज रूपमा सिँचाइ गरी कृषि उत्पादनमा वृद्धि गर्न सकुन र सिँचाइको व्यवस्थापन होस भनी किसान लक्षित कार्यक्रम गरिरहेको कृषि विशेषज्ञ रमेश बैद्यले बताए। ‘साना सिँचाईको मदतले आलुजोनमा रहेका किसानले आलुको मौसममा मात्र होइन बेमौसममा समेत आलु खेती गर्न सहज भएको छ’, उनले भने।
भक्तपुरमा हाल प्रति हेक्टर दुई हजार किलोदेखि २५ हजार किलो आलु उत्पादन हुने गरेको छ। भक्तपुर आलुजोन अन्तर्गत हाल भिरालो जमिनमा आलु खेती गरिँदै आएका कारण साना सिँचाइको महत्त्व ठूलो रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।