समाज

नारायणगढ­-मुग्लिन सडकका सूचना अब ‘एसएमएस’ बाटै

फाइल फोटो
असार १२, २०७५

    चितवन : चितवनको नारायणगढ­-मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न। घरबाट साइत गरेर हिडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ। कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी विग्रिएर सडक अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ। 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा म‌गलबारदेखि एसएमएस सेवा सुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतम बताए। उनका अनुसार यहाँबाट मुग्लिन नारायणगढ क्षेत्रका हरेक सूचना उपलव्ध हुने बताए। यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो। यसका लागि मोवाईलको म्यासेज बक्समा गएर NMT टाइप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोवाइलमा सन्देश आइपुग्छ। अहिले भर्खरै एसएमएस पठाउँदा, ‘टोपे खोलामा पहिरो, मुग्लिन नारायणगढ सडक बन्द छ। पहिरो हटाउन अझै ५/६ घण्टा लाग्ने अनुमान छ,’ भन्ने सन्देश प्राप्त हुन्छ।

    घटनाको अपडेट हुने वित्तिकै सूचना पनि अपडेट हुने गौतमले बताए। यहाँको पहिरोले विहान ५ बजेदेखि सडक अबरुद्ध नै छ। यसअघि कालिका टिभी र रेडियोले प्रयोग गर्दै आएको एसएमएस कोड ३४८४८ को नयाँ युजर नेम र पासवर्ड उपलब्ध गराएर सार्वजनिक हितका लागि ट्राफिक प्रहरीलाई सहयोग गरिएको टिभीका स्टेशन म्यानेजर राजकुमार लामिछानेले बताए।

    कुराकानीका क्रममा ट्राफिक प्रहरीले यसरी सन्देश दिने केही उपाए छ कि भनेर सोधेपछि नयाँ उपायस्वरुप  एसएमएसमार्फत सूचना दिन थालिएको लामिछानेको भनाई छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]