समाज : सुरक्षा/अपराध

लागुऔषधसहित चारजना पक्राउ

असार १२, २०७५

    नवलपरासी : जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले ठूलो परिणाममा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

    मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर कावासोतीमा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार प्रहरीले लागुऔषध छोड्न आएका दुर्इजना र लागुऔषध लिन आएका दुईजना गरी चारजनालाई मध्यविन्दु नगरपालिका-८ चोरमारा फूलबारी चोकबाट पक्राउ गरेको हो।

    पक्राउ गर्नेमा पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका-३ बस्ने २७ वर्षीय अजित चौधरी, रामग्राम नगरपालिका-१० बस्ने २१ वर्षीया नितेशसिंह चौधरी, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-६ निवासी २९ वर्षीय सुमित पौडेल र कावासोती-१३ निवासी ३२ वर्षीय बलराम महतो रहेका छन्।

    उनीहरूको साथबाट फेनारगन २९६ एम्पुल, नुफिन २८० एम्पुल, डाइजापाम सेरिजेक ३०६ एम्पुल गरी ८८२ एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक लालध्वजय सुवेदीले बताए। उनीहरूको साथबाट प्रहरीले छ थान मोबाइल, ११ हजार पाँच सय रुपैयाँ नगद, उनीहरूले प्रयोग गरेको लु १५प २५९६ नम्बरको मोटरसाइकल र ना ४१ प १७१० नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]