राजनीति

आमसंचारको नियमन गर्न स्वायत्त प्राधिकरण आवश्यक : पत्रकार महासंघ

फाइल फाेटाे
असार १२, २०७५

    काठमाडौं : नेपाल पत्रकार महासंघले आमसंचार क्षेत्रलाई नियमन गर्ने स्वायत्त निकायको रुपमा राष्ट्रिय आम संचार प्राधिकरण गठन गर्न सरकारसँग माग गरेको छ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय समाचार समिति जस्ता सरकारी संचार माधयामलाई पनि नियमन गर्न आवश्यक निकायको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछाडि परेका समूदायलाई अघि बढाउने नीतिका साथ आम संचार प्राधिकरण गठन गर्न लागिएको पनि बताए।

    महासंघका अध्यक्ष आचार्यले महिला, जनजाति र पिछडिएका क्षेत्रको आम संचारलाई विशेष सहुलियतको व्यवस्था गर्न पनि सरकारको पटक–पटक ध्यानाकर्षण गराइएको पनि बताए। नेपाल पत्रकार महासंघले सरकार आफैँले आम संचारको अनुगमन गर्ने योजना ल्याउने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]