काठमाडौँ : पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तरराष्ट्रिय अर्थशास्त्र सम्मेलन आज (बिहीवार) शुरु भएको छ। ‘फर्स्ट इन्टरनेशनल कन्फरेन्स अ...
काठमाडौं : शेयर बजार परिसूचक नेप्सेमा मंगलबार पनि दोहोरो अंकले ह्रास आएको छ। सोमबार १० अंकले ह्रास आएको नेप्से परिसूच मंगलबार १५.२९ अंकले ह्रास आएपछि एक हजार १९४ अंकमा झरेको छ।
यसदिन सम्पूर्ण 'क' वर्गका कम्पनीहरूको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स ३.११ र सम्पूर्ण शेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स १.१२ अंकले ह्रास आएको छ।
समूहगत उपसूचक तर्फ कुनै पनि सूचक उकालो लाग्न सकेन। खासगरि शेयर बजारमा सबैभन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंक अन्तर्गतका परिसूचक १२.७३ अंकले ओरालो लाग्ने नेप्सेमा तिब्र अंकले ह्रास आएको हो।
यसदिन १६० कम्पनीका शेयर पत्र कारोबार हुँदा २३ करोड १० लाख रुपैयाँको कारोबार भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।