काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : अनमोल केसी पछिल्लो समयका नेपाली फिल्मका सर्वाधिक बिकाउ अनुहार हुन्। उनी नेपाली फिल्म क्षेत्रमा सर्वाधिक पारिश्रमिक लिने नायक पनि हुन्। फिल्म निर्माता, निर्देशकदेखि विभिन्न क्षेत्रसँग जोडिएका व्यक्ति तथा संस्था र कम्पनीले उनलाई आफ्नो ब्राण्डसँग जोड्न मरिहत्ते गर्छन्। महँगो पारिश्रमिक दिन तयार हुन्छन्।
हालै अनमोल एक ब्राण्डको एम्बेस्डर बनेका छन्। अनमोल 'क्याप्स' ब्राण्डको लुगाको एम्बेस्डर बनेका हुन्। नेपालको लागि एक वर्षको एम्बेस्डर बन्दा उनले महँगो पारिश्रमिक लिएका छन्। स्रोतका अनुसार अनमोलले यसबाट १५ लाख बढी पारिश्रमिक लिएका हुन्। तर, कम्पनीले भने अनमोललाई कति पारिश्रमिक दिएको भन्नेबारे सिधा खुलाएको छैन। १५ लाख नै नेपाली कुनै पनि सेलिब्रेटीले हालसम्म ब्राण्ड एम्बेस्डर बन्दा लिएको पारिश्रमिक सर्वाधिक हुनसक्छ।
'क्याप्टेन' फिल्मको सुटिङमै पुगेर शनिबार मात्रै 'क्याप्स' ब्राण्डको तर्फबाट गौतम वैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। गौतमले पछिल्लो क्रमको अग्र पंक्तिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्राण्ड प्रवर्धकको रूपमा अनुबन्धन गराएको बताए। आकर्षक लुक्सका धनी अनि सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणको लागि अनमोल पहिलो रोजाइ बनेको गौतमको भनाइ छ।
पछिल्लोपटक बजारमा आएको छोटो समयमा नै लोकप्रिय बनिसकेको नेपाली ब्राण्ड 'क्याप्स'ले काठमाडौं, नेपालगञ्ज, पोखरा, बुटवल, धरान, विराटनगर, इटहरी, जनकपुरलगायत देशका ५० बढी स्टोरहरूमा आफूलाई उपलब्ध गराइसकेको बजार प्रबन्धक दीपक नेपालीले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।