काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
मलार्इ न्युरोएन्डोक्राइन क्यान्सर लागेको छ भन्ने थाहा पाएको केही महिनाअघि मात्रै हो। र मैले यो रोगको नाम पनि पहिलोपटक सुन्दै थिएँ।
पछि सोधखोजी गर्दा थाहा पाएँ यसप्रकारका बिरामीमाथि धेरै अनुसन्धान भएका छैनन्। किनकि डाक्टरहरू यसलार्इ एक अचम्मको शारीरिक अवस्था भएको बताउँछन् र यसको उपचारमा अनिश्चितता भएको उनीहरूको तर्क छ।
अहिलेसम्म म आफ्नो यात्रामा कहिले तीव्र त कहिले मन्द गतिमा अगाडि बढिरहेको थिएँ। मसँग मेरा योजना, आकांक्षा, सपना र लक्ष्य पनि थिए। म यिनैमा लीन थिएँ।
ठीक यसैक्षण मेरो जीवनको गाडीमा ब्रेक लाग्यो। सहचालकले पीठ थपथप्याउँदै भने, 'तपार्इंको स्टेसन आइपुग्यो, कृपया उत्रिनुहोस्।' म झस्किएँ। सहचालकले भनेको कुरा बुझिनँ र अकमकिँदै भनेँ, 'होइन होइन अहिलै मेरो स्टेसन आएको छैन।' उत्तर आयो, 'अघिल्लो कुनै पनि स्टपमा तपार्इं अवश्य उत्रिनुपर्दछ। तपार्इंको गन्तव्य आइसकेको छ।'
***
तपार्इं अनजान सागरमा कुनै सिसाको बोतलझैँ अप्रत्याशित लहरहरूमा बगिरहनुभएको छ, तपाईंलाई लाग्छ यी लहरहरूमा आफ्नो पकड छ भन्ने। अचानक मलार्इ यस्तै अनुभूति भयो।
अनि म डराउँदै यी हालतमा आफ्नो छोरालार्इ यति नै भन्न सक्छु, म खडा हुन चाहन्छु। मेरो मानसिक स्थितिलार्इ हडबडाहट र डरको अवस्थामा कदापि व्यतित गर्न चाहन्न। कुनै पनि हालतमा आफ्नै खुट्टामा, आफ्नै अवस्थामा तटस्थ हुँदै जिउन चाहन्छु।
***
केही हप्तापछि म अस्पतालमा भर्ना भएँ। अस्पतालको बसाइमा पनि असह्य पीडा छटपटिरहेँ। पीडा हुन्छ भन्ने त थाहा थियो तर यस्तो पीडा…बल्ल पीडाको तीव्रताका बारेमा अनुभूति गरिरहेको थिएँ।
म तीव्र पीडाले मुर्छित थिएँ। मेरो मनलार्इ केही कुराले पनि असर गर्न सकेको थिएन। न कुनै सान्त्वना, न कुनै प्रोत्साहन। मेरै पूरै दुनियाँ नै त्यही पीडामा विलीन भइरहेको थियो। मेरो जीवनमा दुखाइ नै सबैभन्दा ठूलो र विशाल भइरहेको थियो।
म भर्ना भएको अस्पतालमा एउटा बालकोनी थियो। त्यहाँबाट बाहिरको दृश्यावलोकन गर्न सकिन्थ्यो। मेरो बेडभन्दा ठीक माथि कोमा वार्ड छ।
सडकको एकतर्फ म उपचाररत अस्पताल छ भने अर्कोतर्फ लर्डस स्टेडियम छ। स्टेडियममा विवियन रिचर्ड्सको मधुर मुस्कानसहितको पोस्टर टाँसिएको छ। मेरो बालस्वप्नको मक्का (मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा ठूलो धर्मस्थल) उसलार्इ पहिलोपटक हेर्दा मलार्इ कुन प्रकारको आकर्षण प्राप्त भएन। कुनै समय म यहाँ आउन आतुर थिएँ। तर यतिबेला मेरो स्मृतिमा यस्तो सपनामा छँदै थिएन भन्ने भान भइरहेको छ। कारण, म पीडाको कब्जामा थिएँ।
र एक दिन,
मलार्इ यस्तो लाग्यो, म कुनै निश्चित वस्तुको अन्तर्निहित अंग होइन। न अस्पताल न कुनै स्टेडियम। सारा संसारको असीमित शक्ति र बुद्धिको प्रभाव मात्रै मेरो अन्तरआत्मामा शेष भएजस्तै महसुस भयो र मनले भन्यो अनिश्चितता नै निश्चिता हो।
यही अनुभूतिले मलार्इ समर्पण र भरोसाका लागि तयार गर्यो। अब चाहे जस्तोसुकै नतिजा होस्, उनीहरू चाहे जुनसकै अस्पतालमा लिएर जाऊन्, आजभन्दा आठ महिनापछि वा चार महिनापछि। म यसका लागि तयार छु। मेरो मस्तिष्कमा छरपस्ट रहेका अनगिन्ति चिन्ताहरू किनारा लाग्दै विलीन भए। र मेरो मस्तिष्कबाट जिउने मर्ने हिसाब-किताबको पूर्णविराम लाग्यो।
पहिलोपटक अन्तरआत्मादेखि नै स्वतन्त्रताको अनुभूति भयो। वास्तविक अर्थमै एउटा उपलब्धिको अनुभूति। मेरो संसारमा 'विश्वास' नै पूर्ण सत्य बन्यो। त्यसपछि लाग्यो मेरो विश्वास नै मेरो जिउने आधार हो। तर समयले बताउने छ यो मसँग रहन्छ कि हराउँदै जाने छ। यद्यपि मैले यसको महसुस गरिरहेको छु।
***
यो मेरो पीडादायी यात्रामा सारा संसारका मानिस… सबैजनाले मेरो शारीरिक स्वास्थ्यको कामना गरिरहेका छन्, प्रार्थना गरिरहेका छन्, कतिलार्इ मैले चिनेको छु कतिलार्इ मैले चिनेको छैन, उनीहरू सबै अलग ठाउँ र अलग समयमा मेरो स्वास्थ्य लाभका लागि प्रार्थना गरिरहेका छन्। उनीहरूको प्रार्थना एक ठाउँमा जम्मा भएर एउटा शक्ति निर्माण भएको छ। जुन शक्ति तीव्र जीवनधारा बनेर मेरो स्पाइनलबाट प्रवेश गर्दै शीरमाथि कपालबाट अंकुरित हुँदै छ।
म खुसी हुँदै यसलार्इ हेर्छु। सामूहिक प्रार्थनाबाट उब्जिएका हाँगा, पात फूलले मलार्इ नयाँ दुनियाँ देखाउने आशा गर्छु। र सोच्छु, समुद्रको लहरबाट सिसाको बोतलले आफूलार्इ कुनै पनि नियन्त्रणमा राख्न जरुरी जस्तो लाग्दैन, किनकि ऊ प्रकृतिको काखमा झुमिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।