समाज : सुरक्षा/अपराध

भिरबाट खसालेर श्रीमानको हत्या

असार १२, २०७५

    धनगढी : विवाह गरेको तीन महिना नबित्दै प्रेमीसँग मिलेर एक विवाहित महिलाले आफ्नै पतिको हत्या गरेकी छन्। वैशाखमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका तेजबहादुर विष्टसँग विवाह गरेकी कैलालीको गोदावरी नगरपालिका-१० माइती घर भएकी लक्ष्मी बडैलाले आफ्ना प्रेमीसँग मिलेर पतिको हत्या गरेकी हुन्।

    असार ८ गते ससुराली आएका विष्ट सोही दिन साँझ ७ बजे ससुरालीबाट निस्किएपछि बेपत्ता भएका थिए। ससुराली र परिवारजनले उनी हराएको खबर १० गते प्रहरीलाई गराएको थियो।

    भासु भीरबाट विष्टलाई मोटरसाइकलसहित फालेर हत्या गरेको आइतबार  राति प्रहरीले जानकारी पाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए।

    भासु भिरमा पुर्‍याएर रडले टाउकोमा हानेर घाइते बनाएको र त्यसपछि विष्टलाई उनी सवार म१प ७४७७ नम्बरको मोटरसाइकलसहित भिरबाट खसालेको प्रहरी उपरीक्षक घिमिरले बताए।

    ‘विष्टलाई पहिले आक्रमण गरेको र घाइते अवस्थामा उनलाई भीरबाट फालिएको अनुसन्धानबाट खुलेके छ, घिमिरेले भने। घटनाको जानकारी पाएपछि मंगलबार बिहान ५ बजे घट्नास्थलमा परिचालित प्रहरीले भासु भिरमा मृतक विष्ट र मोटरसाइकल बरामद गरेको छ।

    प्रहरीले घटनामा संलग्न लक्ष्मी बडैला, उनका प्रेमी दीपक खत्रीसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ। बडैलाको माइतीघर गोदावरी नगरपालिका-१० मा रहेको छ। उनका प्रेमी वडा नम्बर १२ का बासिन्दा हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]