सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
लामो जामले यातायात व्यवस्थापनमा कठिनाइ
चितवन : चितवनको नारायणगढ मुग्लिन सडकखण्ड साढे १० घण्टापछि सञ्चालनमा आएको छ। उक्त सडकको टोपेखोलामा बिहान ५:२० बजे खसको पहिरो पन्छाएर अपराह्न ३:५० बजे सञ्चालनमा आएको हो।
प्रहरीका अनुसार उक्त सडकखण्डअन्तर्गत ठाउँठाउँमा पहिरो खसेको भएपछि सबैभन्दा ठूलो पहिरो टोपेखोलामा खसेको हो। यो यसवर्षकै पहिलो र सबैभन्दा ठूलो रहेको ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए। पहिरो खसेको क्षेत्र मुग्लिनबाट साढे तीन किलोमिटर नारायणगढतर्फ पर्छ।
यसअघि सोमबार पनि पटकपटक पहिरो खसेर दिनभर नै यातायात प्रभावित भएको थियो। विगतमा पहिरो पन्छाएको पैसा नदिएको भन्दै ठेकेदार कम्पनीले बिहान ८ बजेसम्म पहिरो हटाउने काम सुरु नगर्दा सडक खुल्न ढिलाइ भएको थियो।
नारायणगढ मुग्लिन सडक खण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको तीन करोड ५० लाख रुपैंयाभन्दा वढि पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो। भुक्तानीको आश्वासन पाएपछि ५:२० बजे खसेको पहिरो ८ बजेबाट मात्रै पन्छाउन थालेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।