राजनीति

महामन्त्री कोइराला भन्छन्- आउने चुनावमा कांग्रेसको ५१ प्रतिशत मत

असार १२, २०७५

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब हुने संसदीय निर्वाचनमा कांग्रेसले ५१ प्रतिशत जनमत ल्याउने दाबी गरेका छन्। थाहाखबरलाई मंगलबार विशेष अन्तर्वार्ता दिँदै महामन्त्री कोइरालाले इतिहासमा कांग्रेसले खेलेको भूमिका, नीति–सिद्धान्त र संगठनकै कारण त्यो संभव हुने बताए।

    उनले मुलुकको कुल जनमतको बहुमत ल्याउन गैरवामपन्थीहरूबीच ध्रुवीकरण हुनसक्ने संकेत गरे। ‘हामी त सके पार्टी नै मिलाऔँ भन्नेमा छौँ। नत्र सहकार्य हुन सक्छ। गठबन्धन हुनसक्छ।’ महामन्त्री कोइरालाले भने।

    उनले अब पार्टीभित्र र भ्रातृ संगठनभित्र रहेका सबै गुटको अन्त्य गर्दै पार्टी एक हुनुपर्ने धारणा राखे। भ्रातृ संगठनले अब आउने २५ लाख नयाँ मतदातालाई कांग्रेसप्रति आकर्षित गर्न सबै भ्रातृ संगठन लाग्नुपर्ने धारणा राखे। 

    पार्टीभित्र बेलाबखतमा उठ्ने हिन्दु राष्ट्रका एजेण्डाको विषयमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्र जनमत संग्रहबाट टुंगो लगाउँनुपर्ने बताउँछन्। उनले भने,' मैले निर्वाचन जीतेको ठाउँ पनि हिन्दु धर्मप्रति धेरै अास्था भएको ठाउँ हो। हिन्दु राष्ट्रका विषयमा जनमत संग्रह गरेर टुंगो लगाउनु पर्छ भन्ने मेरो धारणा छ।'

    गत वर्ष सम्पन्न तीन तहको निर्वाचनमा पार्टीको पराजय, पार्टीको अबको बाटो, कांग्रेसले अहिलेको सरकारलाई हेर्ने दृष्टिकोणलगायत विषयमा गरिको विस्तृत कुराकानी बुधबार थाहाखबरमा पढ्न सक्नुहुनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]