राजनीति

सबै प्रदेशमा क्षेत्रीयस्तरका विमानस्थल बन्छन् : मन्त्री अधिकारी

असार १२, २०७५

    काठमाडौं : सरकारले कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले सबै प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने अभियानअन्तर्गत कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण कार्य अघि बढाउने घोषणा गरेका हुन्।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन बजेटमाथि प्रतिनिधिसभामा मंगलबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले भौगोलिक कठिनाइ भएकाले हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे। मन्त्री अधिकारीले त्यस अवसरमा एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताए।

    मन्त्री अधिकारीले तीन वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने योजनाअनुसार कामलाई अघि बढाइएको पनि जानकारी दिए। उनले तीन वर्षभित्र सम्पदाहरूको पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिएको पनि बताए। उनले सीमित स्रोत र साधनका कारण सोचेअनुसारको कामलाई अघि बढाउन नसकिएको उल्लेख गदै आगामी दिनमा सांसदहरुको माग अनुसारको योजना तथा कार्यक्रमलाई अघि बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]