समाज

राज्यपक्षले ममाथि झुटा आरोप लगायो : आचार्य श्रीनिवास

फाइल फोटो
असार १२, २०७५

    काठमाडौं : आफैंमाथि गोली हान्न लगाएको आरोपमा पक्राउ परी रिहा भएका आचार्य श्रीनिवासले आफूमाथि झुटो आरोप लगाइएको दावी गरेका छन्।

    आचार्य श्रीनिवासले आफूमाथि अन्याय गरिएको भन्दै छानबिनका लागि आयोग गठन गर्नसमेत सरकारसँग माग गरे। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न पनि छानबिन समिति बनाउनुपर्ने तर्क गरेका छन्।

    गत चैत्र २५ गते बिहान करिव २ बजेतिर शौच गर्न निस्किएको बेला श्रीनिवासमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो। त्यसपछि श्रीनिवास आफैँले गोली हान्न लगाएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो।

    श्रीनिवास गत शुक्रबार पाँच हजार धरौटी बुझाएर रिहा भएका थिए। आचार्य श्रीनिवासले घटनाको दोषी खोज्न राज्यपक्ष असफल भएपछि आफूमाथि झुठा अभियोग लगाएर मुद्दा चलाउने कार्य भएको भन्दै आपत्ति जनाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]