समाज

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु, दुई गम्भीर घाइते

असार १२, २०७५

    दाङ : मोटरसाइकल दुर्घटनामा परी भालुबाङका एक युवकको कपिलवस्तुमा मृत्यु भएको छ भने दुई युवक गम्भीर घाइते भएका छन्। भालुबाङदेखि बुटवल जाँदै गरेको भे ८ प ११५१ नम्बरको मोटरसाइकल सवार दाङका अनिल बस्नेतको मृत्यु भएको हो। 

    कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटानजिक खैरी भन्ने स्थानमा दुर्घटना हुँदा राप्ती गाउँपालिका १ भालुबाङका ३५ वर्षका बस्नेतको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। यस्तै राप्ती गाउँपालिका १ भालुबाङका सन्तोष पुन र बिशाल पुन गम्भीर घाईते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। 

    घाइते दुबैको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सन्तोष र विशालको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]