समाज : सुरक्षा/अपराध

अश्लील भिडियो बिक्री गरेकाे अाराेपमा सात पक्राउ

असार १२, २०७५

    हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रदेश ३ प्रहरी कार्यालयको संयुक्त टोलीले हेटौँडाबाट अश्लील भिडियो डाउनलोड गरी विक्री गर्ने ७ जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा गएको प्रहरी टोलीले हेटौँडा -१० बसपार्कमा अश्लील भिडियो बिक्री गर्ने मोवाइल पसलका संचालकहरूलाई पक्राउ गरेको हो। 

    प्रहरीले हेटौडा-१० स्थित बसपार्कमा रहेको नाशर कम्युनिकेशन, सन्धी मोबाइल पसल, उज्जल म्युजिक भिडियो एण्ड मोबाइल सेन्टर, प्रकाश मोबाइल सप, एसएमएस मोबाइल पसल, चन्द्र म्युजिक एण्ड मोबाइल सेन्टर र नेपाल ट्रेडर्स मोबाइल सेन्टरका संचालकलाई पक्राउ गरेको छ। उनीहरूलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत अदालतबाट ५ दिनको म्याद अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

    पक्राउ परेकाहरूले गैरकानुनी रुपमा अश्लील भिडियोहरू डाउनलोड गरी बिक्री वितरण गर्ने गरेको र यसले गर्दा समाजमा उछृखल गतिविधि तथा जवरजस्ती करणी लगायतका महिला हिंसाका अपराधहरू बढिरहेकोले पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।

    प्रहरीले कम्प्युटर, ल्यापटप लगायतका उपकरण पनि बरामद गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]