राजनीति

प्रधानमन्त्रीले हप्तादिनमा सांसद र १५ दिनमा कार्यकर्ताका लागि छुट्याए समय

असार १२, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित भेटघाटका अतिरिक्त शुक्रबार सांसदहरूलाई भेट गर्ने भएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई शुक्रबार भेट गर्ने जानकारी दिएको छ।

    जसअनुसार प्रधानमन्त्रीले नियमित रुपमा शुक्रबार अपरान्ह ३ देखि ५ बजेसम्म प्रदेशगत रुपमा सिंहदरबारमा सांसदहरूलाई भेटघाट गर्ने बताइएको छ। 

    प्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता समेत रहेका ओलीसँग साप्ताहिक रुपमा क्रमशः सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूले नियमित भेट गर्नेछन्।

    प्रधानमन्त्री ओलीले हरेक महिनाको १ र १५ गते नेकपाका कार्यकर्तालाई भेट गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए। ओलीले हरेक महिनाको पहिलो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेकपाको धुम्बाराहीस्थित कार्याल्यमा र १५ गते पेरिसडाँडास्थित कार्यालयमा पार्टी कार्यकर्तालाई भेट्नेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]