स्वास्थ्य

धुम्रपान नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न सरोकारवालाको जोड

असार १३, २०७५

    काठमाडौं : सरोकारवालाहरूले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न बनाइएको कानुन कार्यान्वयन फितलो भएको बताएका छन्। नीति कार्यान्वयन गरी सुर्ती तथा धूमपानबाट हुने जनधनको क्षति रोक्नुपर्ने उनीहरूले बताएका हुन्।

    सञ्जीवनी हेल्थ मिडियाद्वारा मंगलबार राजधानीमा आयोजित सूर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै  धुम्रपान तथा सुर्ती नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर

    चन्दले भने, 'वार्षिक २५ हजार बढी नेपालीको ज्यान लैजाने, त्यसको सेवनले लाग्ने रोगको उपचारमा अरबौँ खर्च भइरहेको बेलामा  सूर्तीजन्य पदार्थको प्रयोगदर घटाउन बनेका कानुनको राम्ररी कार्यान्वनय गर्न सके धेरै राम्रो हुन्थो।'

    यस्तै सो कार्यक्रमा बोल्दैजिल्ला जनस्वास्थ्य कार्यालय काडमाडौंका उपस्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले सूर्तिजन्य पदार्थको सेवनकै कारण लाग्ने विभिन्न रोगको उपचारमा राज्यको धेरै लगानी भएको भन्दै नियन्त्रणका लागि सबै सरोकारवाला सजग हुनुपर्ने बताए ।

    यस्तै उनले नसर्ने रोगका लागि पाइने एक लाख राहतका लागि जिल्ला जनस्वास्थ्य काठमाडौंले दैनिक औसत २० जना भन्दा धेरै सिफारिस  हुने र  यो संख्या वर्षमा करिब २ हजार हुदा बर्षेनी यस्ता बिरामीको लागि  २० करोड बढी खर्च राज्यको हुने हुँदा । यस्तो अवस्थामा सुर्ति जन्य प्रदार्थको नियन्त्रण गर्न सके राज्यको धेरै धनराशी बचत हुने समेजत बताए।

    यस्जितै ल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ, सूर्ति नियन्त्रण युनिटका फोकल पर्सन ध्रुब अधिकारीले बजेट अभावका कारण यस बर्ष  सूर्ति नियन्त्रण सम्वन्धी अभियान चलाउन नपाएको समेत बताए।  उनले बजेट अभावकै कारण यसबर्ष अनुगमनमा हुन नसकेको  समेत बताए ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले सूर्ती नियन्त्रणसम्बन्धी कानुन कार्यान्वनयमा जिम्मेवार पक्ष पछि परे पनि सञ्चारमाध्यमले निरन्तर खबरदारी गरेको बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]