समाज

कर्मचारीको अभावले दैनिक कार्यसम्पादनमा ढिलाइ : कामु प्रधानन्यायाधीश जोशी

'लोकतन्त्रमा बजेट प्राप्ती बक्सिसको विषय होइन'

असार १२, २०७५

    काठमाडौं : कायमुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपालिकाको कर्मचारी व्यवस्थापन र बजेटको प्राप्तिको विषय बक्सिस वा निगाह जस्तो नबनाउन आग्रह गरेका छन्। लोकतन्त्रपछि पनि अत्यावश्‍यक जनशक्ति र बजेट यसरी निर्धारण गर्नु दुखद् पक्ष भएको बताएका हुन्।

    न्याय परिषद् र सर्वोच्च अदालत मानव संशाधन विकास समितिको कार्यक्रममा जोशीले लोकतान्त्रिक पद्दतिमा स्वतन्त्र र सक्षम न्यायपालिका अदालत, न्यायाधीश वा कर्मचारीको आवश्यकताको विषय मात्र नभइ नागरिक अधिकारको संरक्षणका लागि अपरिहार्य रहेको बताए। उनले यस विषयमा सरकार र मातहतका निकायको ध्यान नगएको समेत दाबी गरे।

    कामु प्रधानन्यायाधीश जोशीले कर्मचारीको दरवन्दी स्वीकृतमा ढिलाई भएको दैनिक कार्य सञ्चालनमा ढिलाइ भएको बताए। 'संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी प्रतिवदेन तयार भएको र सरकारमा पठाएको धेरै भइसक्दा पनि सरकारबाट निकास पाउन नसकी दरबन्दी स्वीकृतिमा ढिलाइ हुँदा दैनिक कार्य सञ्चालनमै समस्या भएको छ' जोशीले भने। न्याय सेवामा कार्यबोझ बढ्दै जाने र दरवन्दी नबढ्ने हुँदा काम कार्यसम्पादनमा समस्या भएको उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]