स्वास्थ्य

मानव अंग प्रत्यारोपण केन्द्रले अन्याय गरेको नर्सहरूको अारोप

फाइल फोटो
असार १२, २०७५

    काठमाडौं : युथ नर्स संजाल नेपालले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुमाथि अन्याय अन्याय भइरहेको अरोप लगाएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संजालले केन्द्रमा नर्सहरुमाथि शारिरीक तथा मानसिक यातना दिने काम भइरहेको आरोप लगाएको हो।

    पत्रकार सम्मेलनमा बोल्दै पीडित नर्स त्रजिना जतीले केन्द्र प्रशासनले नर्सहरुमाथि सबैखाले शोषण गरेको आरोप लगाइन्। उनले छ वर्षयता लगातार काम गर्दै आएको आफूमाथि समेत जुनियर नर्सले थप्पड हान्दा केन्द्र प्रशासनले सुनुवाई नगरेको गुनासो पनि गरिन्। अस्पताल प्रशासनको पीडाबाट त्यहाँ कार्यरत नर्सहरू आत्माहत्या गर्ने अवस्थामा पुगेको समेत पीडित नर्सहरूको दाबी छ।

    १८ महिनासम्म स्वयं सेवकको रूपमा काम गरेका नर्सहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट जागिर दिलाइयोस् भन्ने माग राख्दा प्रशासनले दमन गर्न थालेको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्यौलाले बताइन्। पीडित नर्सहरूले आफूहरूलाई न्याय दिलाउन पनि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। समस्या बारेमा नेपाल नर्सिङ संघ पूर्ण रूपमा जानकार भए पनि माग पूरा गराउने सवालमा उल्टै नर्सहरूको विपक्षमा लागेको पीडित नर्सहरूको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]